संबैधानिक इजलास: हरिकृष्ण कार्कीको ठाउँ सपना प्रधान मल्लले लिने
काठमाण्डौ । प्रतिनिधिसभा विघटन बिरुद्दको रिटको लागि गठन भएको संबैधानिक इजलासमा न्यायाधिस हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल बस्ने भएकी छिन ।
एक दर्जन बढी मुद्दामा आज सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई चल्ने छ ।
संबैधानिक इजलासमा रहेर न्यायाधिस हरिकृष्ण कार्कीले मुद्दा नहेर्ने निर्णय यसअघिको सुनुवाईको क्रममा घोसणा गरेका थिए ।
अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज कार्कीको ठाउमा न्यायाधीश सपना प्रधान मल्ल लाई इजलासमा राखेका छन् ।
रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कार्की संवैधानिक इजलासमा रहँदा स्वार्थ बाझिने भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएपछी कार्कीले इजलासमा नबस्ने घोसणा गरेका थिए । प्रधान पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।
प्रतिक्रिया