शनिबार, चैत २८, २०७७

भारतीय पत्रकारको अभिव्यक्तिले ओलीको राष्ट्रवादलाई फेरि नंग्याइदियोः धनराज गुरुङ

ज्योतिन्यूज २०७७ पुष २९ गते ११:२३

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने भारतीय पत्रकारको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादलाई फेरि नंग्याएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सहितको टोलीले सरगरमाथि क्षेत्रमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएपछि नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आफूलाई राष्ट्रिवादी भन्ने प्रधानमन्त्री ओली भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेर नांगिएका ओलीलाई त्यसको केही समयमै भारतको एउटा सञ्चारमाध्यमले नंग्याएको बताउनुभएको छ ।

प्रतिक्रिया