शनिबार, चैत २८, २०७७

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २९ गते ११:४१

बलेवा । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्याक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध१त ४७१२ नम्बरको खाली ट्याक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३, बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।

घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७, मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताए । घटनामा सहचालक सकुशल भेटिएका थिए ।


मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोसाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

उनको झोला, मोबाइललगायत सामान खोलाछेउमै भेटिएका थिए । नहरका छेउबाट हिँड्दा लडेकोजस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया