आइतबार, चैत २९, २०७७

ओली नेतृत्वको नेकपा जनताको विवेकमाथि भर पर्ने गोकुल बाँस्कोटाको भनाइ

ज्योतिन्यूज २०७७ पुष २९ गते १२:००

काठमाडौं । नेकपा नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा जनताको विवेकमाथि भर पर्ने बताउनुभएको छ ।

पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले मंगलबार राति सामाजिक सञ्जाल ट्वीवरमार्फत् यस्ता धारणा राख्नुभएको हो । बाँस्कोटाले लेख्नुभएको छ –म राज्यकाे सेनामाथि विस्वास गर्छु,अरु कुनै नाम वा प्रकारकाे सेनामाथि हाेईन।सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता सबैलाई छ।कस्ले कस्लाई समर्थन गर्छ वा लेख्छ ब्यक्तिकाे स्वविवेक र जवाफदेहिताकाे कुरा हाे।ओली नेतृत्वकाे नेकपा साइबर सेनाकाे टुकडीमा हाईन, सम्पुर्ण जनताकाे विवेकमाथि भरपर्छ।’

यस्तै उनले आफू राज्यको सेनामाथि विश्वास राख्ने बताउनुभयो । सबैलाई सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता रहेको बताउँदै पूर्वमन्त्री बाँस्कोटाले कसले-कसलाई समर्थन गर्छ वा लेख्छ त्यो उसको स्वविवेक र जवाफदेहिताको रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया