शनिबार, चैत २८, २०७७

प्रतिनिधिसभा विघटन: संवैधानिक इजलासमा बहस सुरु

ज्योतिन्यूज २०७७ पुष २९ गते ११:५७

काठमाडौँ । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै परेका रिटहरुको सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

इजलासमा न्यायाधिस हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल बस्ने भएकी छिन ।

एक दर्जन बढी मुद्दामा आज सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई चल्ने छ ।

संबैधानिक इजलासमा रहेर न्यायाधिस हरिकृष्ण कार्कीले मुद्दा नहेर्ने निर्णय यसअघिको सुनुवाईको क्रममा घोषणा गरेका थिए ।

अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज कार्कीको ठाउमा न्यायाधीश सपना प्रधान मल्ल लाई इजलासमा राखेका छन् ।

रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए ।

प्रतिक्रिया