शाहरुख खानको ‘पठान’को छायांकन सेटमा झगडा, छानबिन गर्न आदेश
मुम्बई । अभिनेता शाहरुख खानको प्रतीक्षित चलचित्र ‘पठान’को छायांकन सेटमा ठूलो लफडा भएको छ । घटनापछि यश राज स्टुडियोमा सुरक्षा कडा गरिएको छ भने आदित्य चोपडाले त्यसको छानबिन गर्न आदेश दिएका छन् ।
एक स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ, “पठान टिमले यसलाई तर्क–वितर्क मात्रै भएको भनेर सामसुम पार्न खोजे पनि त्यहाँ शरीरिक चोटपटक नै लागेको छ ।
अर्थात हातपात नै भएको छ । यशराज प्रोडक्सन र शाहरुख खानको सेटमा यस्तो आजभन्दा पहिले कहिल्यै भएको छैन । यो उनीहरुको सेटमा अनुशासन उल्लंघन भएको अत्यन्तै दुःखलाग्दो घटना हो । आदित्यले यसलाई सामान्य रुपमा लिएका छैनन्, उनले घटनाको छानबिन गर्न आदेश दिइसकेका छन् ।”
अभिनेता खान सेटमा रहेका महिलाहरुलाई लिएर चिन्तित रहेको बताइएको छ । चलचित्रका निर्माताका एकजना साथीले भने, “हामी सेटमा पुरुषहरु यसरी झगडा गरेको सहन सक्दैनौँ ।
यो कुनै बियर बार होइन ।” यद्यपि, झगडाको विषय र अन्य जानकारी भने सार्वजनिक भइसकेको छैन । बलिउड हंगामाबाट ।
प्रतिक्रिया