सोमबार, फागुन १७, २०७७

दीपकराज र केकीको ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ । चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायत कलाकार मुख्य भूमिकामा छन् ।

खाने पानीको अभावको कथा समेटेको चलचित्रलाई रोहित अधिकारीले निमर्ण गरेका हुन् । ‘छ माया छपक्कै’ दर्शकले हलमा रुचाएको चलचित्र हो ।

डिजिटल राइट्स लिएका तर लामो समय होल्ड गरेका बसेका युट्युब च्यानल कम्पनीहरुले केहीसमय यता युट्युबमा चलचित्र अपलोड गरिरहेका छन् ।

प्रतिक्रिया