आइतबार, फागुन २३, २०७७

भारत र चीनका सैनिक कमान्डरबीच आज वार्ता हुने

ज्योतिन्यूज २०७७ माघ ११ गते ९:०६

एजेन्सी । भारत र चीनका सैनिक कमान्डरबीच आज फेरि वार्ता हुने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार झन्डै अढाई महिनापछि हुन लागेको यो बैठक दुई देशको सीमा लद्दाखको एलएसीमा जारी विवाद समाधानका लागि गर्न लागिएको हो। जहाँ गत मेदेखि दुवै देशका हजारौं सैनिक आमनेसामने छन्।

यो बैठक भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच हुनेछ। बैठक एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुनेछ।

स्रोतका अनुसार भारतले चीनलाई पठाएको पत्रको जवाफपछि बैठक गर्न लागिएको हो।

अहिले सीमाका दुवैतर्फ ५०-५० हजार सैनिक तैनाथ छन्। हालै भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएका २ चिनियाँ सैनिकलाई फिर्ता गरेको थियो।

प्रतिक्रिया