आइतबार, फागुन २३, २०७७

प्रियंका चोपडा जस्ले कालो वर्णकै कारण आत्मविश्वास गुमाएकि थिइन्

ज्योतिन्यूज २०७७ माघ ११ गते ९:२६

मुम्बई । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो कालो वर्ण कै कारण आफूमा भएको आत्मविश्वास गुमाएको घटना सेयर गरेकी छिन् । उनले बाल्यकालमा धेरै विद्यालय परिवर्तन गरिन् । यो कुरालाई प्रियंकाले चुनौतीको रुपमा लिइन् ।

उनी १३ वर्षकी हुँदा आफ्नी आन्टीसँग अमेरिका पढाईका लागि गएकी थिइन् । तर, अमेरिकामा गएको ३ वर्षमा नै प्रियंका भारत फर्किइन् । जसको कारण उनले हालै एक मिडियालाई दिएको अन्तर्वार्तामा बताएकी छिन् ।

अमेरिका पढ्न गएको ३ वर्षमा नै भारत फर्किनु परेको एउटै कारण बन्यो उनको कालो वर्ण । उनलाई अमेरिकी विद्यार्थीले ब्राउनी तिमी आफ्नो देश फर्किउ भन्दै अपहेलना गर्ने गरेको प्रियंकाले बताएकी छिन् ।

हरेक दिन सहनु पर्ने यस्तो यातनाका कारण आत्मविश्वास गुमगाएपछि उनले भारत फर्किने निर्णय लिएकी हुन् ।

आफूले भारत फर्किने लिएको निर्णय सहि साबित भएको प्रियंका विश्वास गर्छिन् । किनभने उनका अनुसार उनले भारत फर्किएर आफूले गुमाएको आत्मविश्वास पुनः पाएकी हुन् । उनी चलचित्र क्षेत्रमा आज एक सफल अभिनेत्रीमा पर्दछिन् ।

भारत फर्किएर उनले बरेलीस्थित आर्मी स्कुलमा अगाडिको पढाईलाई निरन्तरता दिइन् । यसैक्रममा एकदिन उनकी आमाले प्रियंकाको केही फोटोहरु मिस इन्डिया वल्र्डमा पठाइन् र उनी मिस वल्र्ड इन्डिया २००० बनिन् । त्यसपश्चात प्रियंकाले आजसम्म फर्किएर हेर्नु परेको छैन । नवभारत टाइम्स

प्रतिक्रिया