सोमबार, फागुन १७, २०७७

संसारमा दुईवटा किड्नी फेर्ने प्रधानमन्त्री कोही छैन,मैले रेकर्ड राखेँ : प्रधानमन्त्री ओली

ज्योतिन्यूज २०७७ माघ ११ गते १६:१७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री विश्वमा कोही नभएको भन्दै आफुले नयाँ रेकर्ड कायम गरेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी हुने प्रधानमन्त्री कोही नभएको बताउनुभयो ।

आफु पनि अपाङ्गजस्तै भएको भन्दै उहाँले भन्नुभयो, म अर्काको मिर्गौलाको बैशाखी टेकेर हिँडिरहेको छु । एक हिसाबमा म पनि आपांग नै हुँ । शारीरिक रुपमा अपांग हुँदैमा हरेस खानु हुँदैन ।

प्रधानमन्त्री ओलीले दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा अरू कोही नभएको दाबी गर्नुभयो ।

‘किड्नी फेल भएर पनि अर्को लगाएर पनि बाँच्न सकिन्छ अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिएँ। सायद यो पनि विश्व रेकर्ड नै होला दुई वटा किड्नी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन। उहाँले भन्नुभयो ।

प्रतिक्रिया