थपिए २७० संक्रमित, ७ जनाको मृत्यु
ज्योतिन्यूज
२०७७ माघ ११ गते १६:३७
काठमाडौं । आइतवार नेपालमा २७० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।
मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।
हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया