स्याङ्जाको आधिखोलामा बस दुर्घटना
स्याङ्जा । जिल्लाको आधिखोला गाउँपालिका ६ निउवाबोटमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

ना ४ ख ७०३४ नम्बरको बस पोखरा देखि अवलोकन भ्रमणको लागि सिरुबारी पुगेर फर्कने क्रममा निउवाबोटमा दुर्घटनामा परेको होे ।
उक्त बसमा अबलोकन भ्रमण गर्न गएका बिरौटा आमा समुहका सदस्य र चालक गरी ३९ जना सवार रहेका थिए ।
जसमध्ये ६ जना घाइतेको थप उपचारको लागि पोखरा रिफर गरिएको प्रत्यक्षदर्शीले बताए ।
त्यसैगरी सामान्य घाइते ४ जनाको आधिखोला सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ ।
घाइतेहरुलाइ आधिखोला गाउँपालिका र स्याङ्जा हस्पिटलको एम्बुलेन्सले पोखरा लगेको थियो ।
घाइते ६ जना मध्य एक जनाको अवस्था गम्भिर रहेको बताइएकोे छ ।
घाइते हुनेहरुमा ४५ बर्षीय सीतादेवी आचार्य, ३९ बर्षीय समिता अधिकारी, ४८ बर्षीय साना सुवेदी, ४५ बर्षीय सीता आचार्य, ५० बर्षीय चिनमाया लामिछाने, गोमा पौडेल रहेका छन् ।
प्रतिक्रिया