शनिबार, फागुन २२, २०७७

के नेपाली राजनीतिमा पिशाचवाद हावी भएकै हो !

नरेन्द्रजंग पिटर २०७७ माघ २७ गते १६:३३


समर शेष है, यह प्रकाश बंदीगृह से छूटेगा
और नहीं तो तुझ पर पापिनी ! महाबज्र टूटेगा ।
समर शेष है, नहीं पाप का भागी केवल व्याध,
जो तटस्थ हैं, समय लिखेगा उनके भी अपराध ।

-रामधारी सिंह “दिनकर“

फाइल फोटो

मलाई सबभन्दा मन पर्ने मान्छे भनेको जुनसुकै कित्तामा भए पनि भन्ने, गर्ने, देखिने र हुने एउटै चरित्रका मानव हुन् । कोही पनि तटस्थ त हुँनै सक्दैन् । अहिले सास्कृतिक राष्ट्रवादको कर्णाल फुकिँदैछ । उदेश्यलाई पुरानै तरिकाले अभ्यास गर्दा भएन् भने अर्को नयाँ तरिकाले जोखिम उठाउने अर्थात बुिध्द र युक्ति खर्च गर्ने गरिन्छ । तर, त्यसका लागि अपिलकर्तासंग सामाजिक अपिल गर्ने नैतिक पँुजी भने हुनुपर्छ । केही मानिस भने जानेर वा अन्जानमा अरुले अभ्यास गरेर असफल भईसकेको कुरा थाहा पाउँदा पाउँदै पनि त्यसैलाई सोही रुप,र रङ्ग र ढङ्ग अभ्यास दोहो¥याई रहन्छन् । त्यो प्रबृति नेपाली राजनीति र वैचारिक क्षेत्रमा पनि देखा परिरहेको छ । पाब्लो पिकासोको भनाईमा राम्रा कलाकारले अर्काको नक्कल गर्छ वास्तविक कलाकार त अर्का कै दिमागै चोरी दिन्छन् ।


केही तर्क शास्त्री यस्ता पनि छन्, जस्ले पुराना विचार मक्किएका, धमिरा लागेका वा दुश्मन विचार भनेर उछित्तो खनेका सोचलाई पनि फेरिएका सन्दर्भमा हित अनुसार स्वीर्काछन, तर्क कुथ्ने गर्छन् । कांग्रेसी बृत्तमा वीसको दशकमा खुव चर्चा हुन्थ्यो –२५ वर्षसम्म कम्युनिष्ट नहुने मान्छेको हृदय नै हुँदैन् र २५ वर्षपछि पनि कम्युनिष्ट हुने मान्छेको भने दिमागै हुँदैन्’ भनेर । संकटको घडीमा हरेकले मौलिक चेहरा र भूमिकामा देखिनु पर्दो रहेछ, नाटकमा कोही पनि तटस्थ बस्न नसकिने रहेछ ।
अहिलेको राजनीति गम्भीर दुर्घटनाको घोप्टेभिरमा पुगेको छ । वैशाखमा त चुनाव हुँदैन् । वैशाखमा चुनाव नहुनेवित्तिकै संवैधानिक संकटले जे, जे निम्त्याउने छ, परिणाममा भयावह हुनेछ । त्यो सरकार, सत्ता मात्रै हैन् धेरै विषय धरापमा पर्ने छन् । माडीका रामदेखी पशुपतिको वैद्दिक कर्मकाण्डदेखी १ सय ४१ किलोको दानसंगै हौसिएका सांस्कृतिक राष्ट्रवादी प्रधानमन्त्रीको नारायणहिटी प्रागंणको भाषणबाट भने निराश भएर धोका भो भन्न थाले । सेटिंग केही भत्किए । संसद पुनरस्थापना भए पनि नभए पनि अविश्वास भने स्थापित भयो । जव सपनाको हत्या भैरहेको हुन्छ, लोकतान्त्रिक बरबरतालाई न्यायिक बरबरताले अ‍ैचित्य दिइरहेको हुन्छ, जुन आधारमा टेकेर भ¥याङ चढेको शक्ति, तलाउक्लने वित्तिकै त्यही भ¥याङ पहिला ढालेर सुरक्षित भठान्छ, अझ भद्रप्रतिपक्ष, जागरूक वर्ग मौन या भूमिकामा खासै देखिदैन् त्यस्तोवेला जिँउदो समाजमा अझ हलचल र चिच्याहट आवश्यक हुन्छ ।


मलाई केही भएको छैन्, असर परेको छैन्, भने किन बोल्ने ? भन्ने सोच पनि केहीका हुनसक्लान् । मौनता र तटस्थता अत्याचारको समर्थक हुन्छ । अब त बोल्नमात्रै हैन् सडक र भित्ता फेरी चिच्याउदै निराशको हत्या आवश्यक भै सक्यो । अहंकारमा चोट पुगेपछि शक्ति आफ्नै आमाखाँने माकुराका बच्चा जस्तै बन्न पुग्छन । जुन संसदले सरकारमा पु¥यायो त्यसलाई नै हत्या गर्नु र संसदकै पिशाचले लघारिनु आफैमा पिशाचवादी राजनीति हो (माफ गर्नुहोलाः आर्य र अनार्यको यस भूभागमा युध्द हुँदा पिशाच, नाग, अशुर,राक्षस आदी जाति थिए, उनलाई प्रतिकको रुपमा यहाँ उल्लेख गरिएको हैन्, लोकोक्तिको मुक्त नभएको आत्मा पिशाच बन्छ, राँकेभूत हुन्छ भन्ने प्रतिकलाई उभ्याईएको मात्र हो । शक्तिमा पुग्न जे,जसो गरेपनि त्यहाँ टिकिरहन षडयन्त्रको सिद्दान्त आवश्यक पर्छ । राज्यसत्तालाई निरन्तरतादिने कालाकोटे र खैराकोटे जर्नेल हुन् । जनउभारको समय आफ्ना हतियार विसाएपनि ती अनुकुलतामा भने साँध लगाउँछन् । परिवर्तनका राप र चाप मथ्थर हुने वित्तिकै आफ्ना मोर्चामा सक्रिय हुन्छन् । नयाँ चेहरा र नुतन ट्रेडमार्कमा पुरानै सत्ताचरित्र हावी हुन्छ । आन्दोलनले विभिन्न चाल, चेहेरा र चरित्रलाई एउटै नारामा केन्द्रिकृत गरे पनि प्रतिकुलतामा बनेका आर्दश अनुकुलतामा भत्किन्छन् । त्यो सिद्दान्त छोडेको पनि भन्न नसक्नु, स्वीकारेको छु भन्न, देखिन, व्यबहारमा नहुनुलाई नै राजनीतिक पिशाचवाद भन्न खोजिएको हो ।


आन्दोलनको नेतृत्वसंग आधुनिक राजनीतिक दृष्टिकोण भएर मात्रै पुग्दैन सामाजिक अन्डर करेन्ट बुझ्ने क्षमता पनि आवश्यक पर्छ । आधुनिक चेत र प्रगतिशील चरित्र नभै नयाँ राजनीतिक अवस्था स्वीकार गरेको वाध्यशक्तिले राजनीतिलाई प्राविधिक रुपमा मात्रै बुझ्नेहुँदा समस्याको हल अग्रगामी चेतबाट गर्न सक्दैनन्, चहादैनन् । इतिहासले आफ्नो क्रमभंगतासंगै ठूलो मूल्य चुकाएको हुन्छ । मूल्यरहित परिवर्तन चिठ्ठाको धनसम्पती हो । तीनीहरू परिवर्तन सित्तै आएको सोच्दै परिवर्तनकारीसंग इख साँचिरहेका हुन्छन । उनका लागी त्यसवेला मरे वा मारिएकाको कुनै अर्थ हुँदैन, जिँउदालाई त झन अपराधी सोच्न पुग्छन् । तर सहिद अर्को घरमा जन्मियोस उपलब्धीको पहिलो अंशियार आफु हुनपाँउ सोच्छन । तव अंशमा टेक्दै समग्रमा आक्रमण हुन्छ । हामी अंशमा हेरेर धारणा बनाउछौँँ र समग्रलाई भने ध्यान दिँदैनौँ । इतिहासले समयको संकटको सन्देश दिइरहेको हुन्छ । हामी त्यसलाई बुझ्न सक्दैनौं वा बुझ्पचाइरहेका हुन्छौं ।
हो, संविधान च्यातिदैछ, कुनै सैन्य “कु“ भएर हैन् परिवतर्नकै नाममा, प्रजातन्त्रकै नाममा । म एउटा इतिहासको विद्यार्थी मात्र नभै इतिहासले डामेको पात्र र साक्षी पनि हुँ । इतिहास मुर्दाको कथा र चिहानघारीको यात्रा मात्रै हैन् यो त उर्जा हो, अणु हो, परमाणु शक्ति पनि हो ।
अब के त ?
–राजा नाङ्गै छ भन्ने हेन्स एन्डरसनको इम्परर न्यूक्लोथ कोर्षमा पढेर आएकै ठूलो तप्का छ, त्यसले ह्वाङह्वाङ्ति र छयाङछयाग्ती भएको वेला वालकले बोल्ने सत्यशक्ति अहिले आर्जन गर्न आवश्यक छ ।
–नेपाली काग्रेसको प्रतिनिधि सभा पुनरस्थापना ऐतिहासक कार्यनीति हो । संसद विघटनको चोटको घाइते र शिक्षा लिएको पार्टी किन अहिले धरमराइरहेको छ ? इतिहासले उस्लाई बारम्वार सचेत गराएपनि किन शिक्षा लिएर भूमिका निर्वाहा गर्न भद्रप्रतिपक्ष हिचकिचाइरहेको छ ?
– नेपाल सामरिक महत्वको संवेदनशील भूगोल भएकाले शक्तिराष्ट्रको कृडा स्थल बन्दैछ । अहिलेको राजनीतिकद्वन्द एंङ्लो अमेरिकन भर्सेस चीन हो ।
– किन प्रतिगमन विरूद्दको आन्दोलनमा जनउभार देखिएन त भन्दा नेतृत्वको समस्याले गर्दा हो । सरकार आफुभित्रै नयाँ शत्रु खोज्दैछ । सडकमा देिखएका वा प्रतपिक्षमा रहेका सिस्टम कब्जागर्दा मौन बस्नेले सो मौनताको प्रायश्चित: गर्न पर्छ । परिवर्तनले ह्वात्त आशा र अपेक्षा जगायो, तर संक्रमणकाल लम्याइँदा यस १४ वर्षको अभ्यासमा कांगेस र कम्युनिष्टलेभन्दा भ्रष्टतन्त्र अर्थात क्रोनी क्याप्टिलिज्म र क्लेप्टोक्रेसीले रजाईं ग¥यो । हरेक क्षेत्र र रूपमा भ्रष्टाचार राष्ट्रिय संस्कृति बन्यो । सिण्डिकेटमा सत्ता केन्द्रितहुँदा न्यायिक, अर्धन्यायिक वा प्रशासनिक क्षेत्र अस्तब्यस्त भए । चेक एण्ड ब्यालेन्स हुनसकेन । नसक्दा शक्तिको केन्द्रिकरण भयो । नेता शासकमा फेरिए । हिजोका यस्ता कमजोरी स्वीकार्दै आइन्दा बच्ने सार्वजनिक प्रतिवद्दता अर्थात स्वेतपत्र प्रकाशन गरेर पुनः विश्वासको अवस्था ल्याउन आवश्यक छ ।
– कोरोनाकाल संसारका सबै अधिनायकवादी शासकलाई सांस्कृतिक राष्ट्रवाद बरदान बन्यो । विश्वासको संकट र निराशाको चरम मानवीय त्रासदी बन्यो । नेपालमै यसअवधीमा कोरोनाले २ हजार ४५को ज्यानजाँदा ९ हजार भन्दामाथीले आत्माहत्या गरे । डिप्रेसनको अवस्था भयावह रह्यो ।
–वहस संविधानको छ, संकटको कुरा छ । प्रतिनिधि सभाको पुनरस्थापना, राजनीतिक शक्ति आत्मासमीक्षाको स्वेतपत्र र उर्जाशील नयाँ नेतृत्वलेअहिले संकट निकास हुन सक्छ , तर शक्तिको हस्तान्तरण राजनीतिक संस्कृतिको अभावले तेस्रोविश्वमा हुन भने कठिन छ ।
एउटा प्रसंगः भारतीय संविधान ड्राफ्टिंग समितिका अध्यक्ष, बी. आर. आंबेडकरको २५ नवंबर, १९४९मा संविधान सभाको जिम्मेवारी पुराहुनु १ दिन पहिलाको बहुचर्चित भाषण ख्याल गर्नुपर्छ । राजनीतिक सर्घषपछि पनि आर्थिक,सामाजिक र धर्म सांस्कृतिक विषय गम्भीर हुन्छन् । उनले त्यसवेला जान स्टुअर्ट मिल र आइरिश पैट्रियट डैनियल ओकोनेलको विचार सदनमा राखेका थिए । तत्पश्चातको पत्रकारवार्तामा संविधान कस्तो बन्यो प्रश्नको जवाफमा भनेका थिएः संविधान त हामीले अत्यन्तै राम्रो बनायौँ, तर लागु गर्नेका नियतमा भर पर्छ । गाडी नयाँ भएर मात्र हुँदैन्, ड्राइभर पनि राम्रो हुनुपर्छ ।
– वर्चश्वशाली वर्ग शक्ति हन्तान्तरण गर्न चाहाँदैन, शासकवर्गको नियति राजनीतिक सस्कृतिमा झल्कन्छ । आजको मूल समस्या भनेको नेतृत्वमा नैतिकपँुजी ह्रास हुँदैगएर सार्वजनिक अपिलको इच्छाशक्ति हराउदै जानु, कार्यकर्ता लालदासमा फेरिँदै जानु, जनतालाई भिड बनाउदै जानु र दोस्रो तहमात्रै हैन् तेस्रोतहमा पनि विश्वासिलो नेतृत्वको अभाब खट्कदै जानु हो ।

–च्यातिइरहेको संविधान जीवनरक्षाको लागी चिच्याइरहेको छ । आफ्नै मृत्यूमा उत्सव त पिसाचले मात्रै गर्छ । के नेपाली राजनीतिमा पिसाचवाद हावी भएकै हो !

नरेन्द्रजंग पिटर

ज्योतिन्यूजका नियमित स्तम्भकार पिटर बरिष्ठ वामपन्थी लेखक तथा पत्रकार हुन् ।

प्रतिक्रिया