बिहीबार, फागुन २०, २०७७

पर्वतमा एकजना सहित विभिन्न ठाँउमा ४ जना मृत फेला

ज्योतिन्यूज २०७७ फागुन १ गते १८:०४

पर्वत । कुश्मा नगरपालिका २ नयाँपुलस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

ईलाम । माइ नगरपालिका(६ गोतामेटारस्थित सडकमा सोही ठाउँ बस्ने ३२ वर्षीय विमल लिम्वु शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् । उक्त स्थानबाट तेल बोकी लारुम्बातर्फ जाँदै गरेको माइजोगमाइ कन्ट्रक्सनको अनटेष्ट ट्याक्टरका चालक बिमलको टाउकोमा चोट लागेको अवस्थामा सडकमा लडिरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाइमाबाट खटिएको प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको हो । ट्याक्टरमा सवार शंकास्पद ३ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उदयपुर । त्रियुगा नगरपालिका(११ शिवालय टोल बस्ने ६५ वर्षीय बिरेन्द्र राई शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । साथै घाइते अवस्थामा फेला परेकी उनकी श्रीमती ५२ वर्षीया रीता राईलाई जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ ।

बाँके । राप्ती सोनारी गाउँपालिका(२ बस्ने २९ वर्षीय हेमराज खत्री सोही गाउँपालिका(५ सिद्देश्वरस्थित सामुदायिक जंगलमा शनिबार मृत अवस्था फेला परेका छन् । भे।१० प ८७९४ नम्बरको मोटरसाइकलमा घरबाट हिँडेर सम्पर्क विहीन भएका उनको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया