विद्यार्थीलाई कुट्ने शिक्षक हेमराज बिक प्रहरी नियन्त्रणमा
ज्योतिन्यूज
२०७७ फागुन ५ गते १०:१३
काठमाडौं । विद्यार्थीलाई कुट्ने शिक्षक पक्राउ परेका छन् ।
परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठा भित्र विद्यार्थीलाई कुटपिट गर्ने दाङको राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फागुन ३ गते बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरीक्षक मीनबहादुर शाहीले बताउनुभयो ।
विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
करिब दुई हप्ताअघि शिक्षक बिकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती रहेको स्वीकार गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया