यस्तो बन्यो ‘रुही’ को ट्रेलर (भिडियोसहित)
एजेन्सी । भारतीय चलचित्र ‘रुही’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा राजकुमार राव र जाह्नवी कपूर रहेका छन् ।
रुहीको भूमिकामा जान्वि देखिँदै छिन् जसलाई प्रेत आत्माले कब्जा गरेको छ । राजकुमार रुहीको प्रेमीको भूमिकामा छन् ।
अभिनीत हार्दिक मेहताले निर्देशन गरेको रुही हरर–कमेडी चलचित्र हो ।
चलचित्र दिनेश विजनले निर्माण गरेका हुन् जसले पहिला हरर–थ्रिलर सिनेमा ‘स्त्री’ बनाएका थिए । रुही ११ मार्चबाट प्रदर्शनमा आउँदै छ ।
सम्बन्धित
प्रतिक्रिया