शनिबार, फागुन २२, २०७७

पुस्कल शर्मा र रचना रिमालको ‘के दिऊँ मायालाई’ (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक पुस्कल शर्मा तथा गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के दिऊँ मायालाई’ सार्वजनिक भएको छ।

लोक लयको उक्त गीतमा शब्द तथा संगीत गायक पुस्कलकै रहेको छ भने एरेन्ज कृष्ण बिकले गर्नुभएको छ ।

गीतको भिडियोमा पुस्कलसँगै महिला मोडलमा अन्जली अधिकारी, सबि शर्मा, समिक्षा पोखरेल र अनुपा अधिकारीले अभिनय गर्नुभएको छ ।

मन्दिर म्युजीक कम्पनीबाट सार्वजनिक यस गीतलाई पुस्कल शर्माकै युट्युवमार्फत हेर्न सकिनेछ ।

भिडियो काजिश श्रेष्ठले निर्देशन गर्नुभएको हो भने अजय रेग्मीले खिच्नुभएको छ । भिडियोको सम्पादन तथा कलर भर्नेकाम दिपक बिष्टले गर्नुभएको हो ।

प्रतिक्रिया