शुक्रबार, वैशाख १०, २०७८

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, अवरोध गर्ने रणनीतिमा ओली समूह

ज्योतिन्यूज २०७७ फागुन ९ गते १०:४५

काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठक आज (आइतबार) बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो ।

बैठकमा नेकपाकै प्रचण्ड-नेपाल समूहले दर्ता गराएको अविश्वास प्रस्तावबाहेक कुनै ‘बिजनेस’ छैन ।

सत्तापक्षले बैठक अवरुद्ध गर्दा अविश्वास प्रस्ताव सभामा पेस हुन सकेको छैन । यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो ।

तर नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख भण्डारीले आजसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । आजको बैठक अवरोध गर्ने र अविश्वास प्रस्ताव पेस गर्न नदिने रणनीतिमा ओली समूह रहेको बुझिएको छ ।

प्रतिक्रिया