शनिबार, फागुन २२, २०७७

दोस्रो पटक आमा बनिन् करिना कपुर

ज्योतिन्यूज २०७७ फागुन ९ गते १२:२२

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर एकपटक आमा बनेकी छिन् ।

उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।

यस अघि कपुरले छोरालाई जन्म दिएकी थिइन् । गर्भावस्थामा उनले गरेको योगाभ्यास सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।

प्रतिक्रिया