शनिबार, फागुन २२, २०७७

अझै शुरू भएन प्रदेशसभा बैठक, सरकारीपक्षले गर्याे बहिष्कार

ज्योतिन्यूज २०७७ फागुन ९ गते १५:०७

काठमाडौं । प्रदेश १ को आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पक्ष उपस्थित नहुने भएका छन् ।

सत्तारुढ पक्षका सांसद्हरुलाई पर्खदै गरेको कारण बैठक अझै सुरु हुन सकेको छैन ।

प्रदेशसभामा अरु दलका सांसद्हरु आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् ।

आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर ओली समूहका सांसदहरुले भने बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।

यस्तै सत्ता पक्षले आजको बैठकमा उपस्थित नहुनेबारे लिखित राय संसद सचिवालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ। अहिलेको परिवेशमा संसद चल्न नसक्ने निर्णय निकाल्दै बैठकमा नजाने निर्णय गरेका हुन्।

मुख्यमन्त्री शेरधन राईले आइतबारको बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरे पनि भण्डारीले अस्वीकार गर्नुभयो ।

प्रतिक्रिया