बिहीबार, फागुन २०, २०७७

युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लियो

ज्योतिन्यूज २०७७ फागुन ११ गते ७:४४

एजेन्सी । इटालीयन लिग फुटबल ‘सिरी ए’ मा युभेन्टसले क्रोटोनीलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा युभेन्टसलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा वेस्टन म्याक्केनीले एक गोल थपे ।

जितसँगै युभेन्टस सिरी ‘ए’ को अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । २२ खेलबाट उसको ४५ अंक छ । एक खेल बढी खेलेको एसी मिलान ४९ अंकसहित दोस्रो स्थानमा रहँदा शिर्ष स्थानको इन्टर मिलानको ५३ अंक छ । पराजित टोली क्रोटोनी भने १२ अंकको साथ तालिकाको पुछारमा खुम्चिएको छ।

प्रतिक्रिया