ब्राजिलमा ‘एलो फिबर’ को महामारी फैलन सक्ने, नियन्त्रणमा लिने प्रयास
एजेन्सी। कोरोना भाइरसको मारमा परेको ब्राजिलमा ‘एलो फिबर’ को महामारी फैलन सक्ने भन्दै सयौं बाँदरहरुलाई एलो फिबरविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
कोरोना महामारीका बीच यो रोग फैलन सक्ने संकेत पाएपछि ब्राजिलले सयौं बाँदरलाई एलो फिबर विरुद्धको खोप दिन सुरु गरेको हो । लामखुट्टे र बाँदरबाट मानिसमा सर्ने यो रोग लागेका व्यक्तिलाई अत्यधिक ज्वरो आउने, अत्याधिक रक्तश्राव भई मृत्यु हुने गर्दछ ।
खोप अभियानले १५ प्रतिशतसम्म यो रोग नियन्त्रणमा आउने ब्राजिल सरकारले जनाएको छ । ब्राजिलमा सन् २०१६ मा एलो फिबरको महामारी फैलिँदा ४ करोड मानिस असुरक्षित भएका थिए भने सन् २०१७ मा देशभर एलो फिबर फैलिएको थियो ।
सन् १९८० देखि सुरु भएको एलो फिबरको महामारीका कारण विश्वभर हरेक महिना ४ सय जनाको मृत्यु हुने गरेको थियो । कोरोना भाइरसको महामारीकाबीच हाल विश्वभरका वैज्ञानिकहरु दक्षिण अमेरिकी राष्ट्रहरुमा एलो फिबर नियन्त्रणमा जुटेका छन् ।
प्रतिक्रिया