बिहीबार, फागुन २०, २०७७

बेलायतमा यसरी खुल्ने भयो लकडाउन

ज्योतिन्यूज २०७७ फागुन ११ गते ११:५५

लण्डन । इंग्ल्याण्डमा सरकारले लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरे पनि कतिपय क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै केही समय जारी रहने जनाएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले विशेष सम्बोधनमार्फत् लकडाउनबाट बाहिरिने सरकारका चरणबद्ध योजना सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषदलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले ८ मार्चदेखि लागू हुनेगरी चार चरणमा लकडाउन अन्त्य गर्ने योजना ल्याइएको र हरेक चरणको समयावधि ५ हप्ता रहने जानकारी दिए ।

मार्च ८ देखि शुरु हुने लकडाउन खुकुलो बनाउने चरण जुन २१ मा चौथो चरण पूरा गरि पूर्ण रुपमा लकडाउन खुल्ने उनले बताए । सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।

हेर्नुहोस कुन चरणमा के के गर्न पाइन्छ ?

पहिलो चरण मार्च ८ देखि शुरु हुनेछ ।

मार्च ८ गते सम्पूर्ण विद्यालयहरु खुला हुने भएका छन् । २ जना मानिसहरु घरबाहिर जान पाउनेछन्, गार्डेनमा बसेर गफ गर्न चिया कफी पिउन सक्नेछन् ।

केयर होममा बस्नेहरुले एक एक जना आफन्त वा साथीभाइ बोलाउन तथा भेट्न सक्नेछन् । त्यसैगरी विद्यालयमा खेलकुद जन्य गतिविधिहरु हुनेछन्, घरबाहिर केही मनोरञ्जनात्मक कामहरु गर्न दिइने छ । सेकेन्डरी लेवलका बालबालिकाहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ ।

२९ मार्चदेखि अधिकतम ६ जना वा दुई परिवारका सदस्यहरु जम्मा हुन सक्नेछन् । प्राइभेट गार्डेनहरुमा जमघट हुन पाइनेछ । टेनिस, बास्केटबल कोर्ट तथा युवा र बालबालिकाको लागि ग्रासरुट फुटबल कोर्टहरु खुल्नेछन् ।

दोस्रो चरण १२ अप्रिलबाट शुरु हुनेछ ।

यसपछि कपाल काट्ने सैलुन, रिटेल शप, लाइव्रेरी म्यूजियम जस्ता पव्लिब बिल्डीङ्ग खुल्नेछन् । अल्कोहल टेकअवे, बिएर गार्डेन, चिडियाघर, थिमपार्कहरु खुल्नेछन् ।

स्विमिङ्ग पुल, जिम खुल्नेछन् भने सेल्फ क्याटरिङ्ग सहितको होलिडे सेलिव्रेसन गर्न पाइनेछ । तर सामाजिक दूरी पालनाका मापदण्डहरु भने पालना गर्नुपर्नेछ । प्रधानमन्त्री जोन्सनले यसपछि हस्पिटालीटि कर्फ्यू पनि बन्द हुने, ३० जना सम्म सहभागि हुने दाहसंस्कार तथा १५ जना अतिथिहरु सम्मिलित हुने विवाहको पनि अनुमति दिइएको बताए ।

तेस्रो चरण १७ मे बाट शरू हुनेछ ।

यसपछि ६ जना भन्दा बढी जम्मा हुन नपाइने नियम बन्द हुनेछ । अब ३० जना मानिसहरु एक ठाँउ भेला हुन पाउनेछन् । पव, सिनेमा, होस्टल, नाचघर खुल्नेछन् । फुटबल स्टेडियमा १० हजार मानिसलाई अनुमति दिइनेछ । विवाह , रिसेप्सन, फ्युनरलमा ३० जना सम्म मानिसहरु सहभागि हुन पाउनेछन् ।

चौथो चरण २१ जुनमा शरू हुनेछ ।

यसपछि सामाजिक सम्पर्कमा लगाइएका सबै रुलहरु बन्द हुनेछन्, नाइटक्लब जस्ता अर्थतन्त्रका बन्द रहेका सबै क्षेत्रहरु खुल्नेछन् । यसपछि विहे, रिसेप्सन आदिमा लगाइएका प्रतिबन्ध पनि फुकुवा हुनेछन् । यसको अर्थ पूर्ण रुपमा लकडाउन खुल्नेछ ।

प्रधानमन्त्री जोन्सले विश्व जिरो कोभिडको अवस्थामा हुन नसक्ने भन्दै लकडाउन खुकुलो बनाएसँगै संक्रमण बढ्ने कुरालाई नकार्न नसकिने बताए।
भ्याक्सिनले संक्रमण र मृत्युदर निकै कम गराएको भन्दै उनले भ्याक्सिनेसन कार्यक्रम निरन्तरअघि बढ्ने बताए ।  भ्याक्सिनले ठूलो सफलता दिएकोे जोन्सनले बताए ।जुलाईको अन्त्य सम्म सबै युवाहरुलाई खोप दिइसक्ने प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया