शनिबार, फागुन २२, २०७७

शेयर बजार राताम्मे, निफ्राको शेयर मूल्य ह्वात्तै घट्यो

ज्योतिन्यूज २०७७ फागुन ११ गते १२:१७

काठमाडौँ । कारोबार शुरु भएको पहिलो दिनबाटै ब्लूमिङ्ग भइरहेको नेपाल पूर्वाधार बैंकको शेयर मंगलवार भने १० प्रतिशतले घटेको छ ।

साताको कारोबारको तेस्रो दिन अधिकाशंको शेयर मूल्य घटेर उपसमूहहरु राताम्मे भएको अवस्थामा निफ्राको शेयर मूल्य पनि घटेको हो । कारोबार शुरु भएको केही मिनेटमै निफ्रोको शेयर १० प्रतिशतले बढेर ७२६ रुपैयाँसम्म पुगेको थियो ।

पछि ठूला लगानीकर्ताले बेच्न थालेपछि यसको मूल्य १० प्रतिशतले घटेर ५९४ रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही भने छैनन्। बेच्नेतिर संख्या बढ्दै गइरहेको छ।

यसैगरी नेप्से परिसूचक पनि ह्वात्तै घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ५६ अंकले अंकले ओरालो लागेको छ । हाल कुनै पनि उपसमूहमा हरियाली छैन । सबैभन्दा बढी निफ्राका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया