शनिबार, फागुन २२, २०७७

हामीलाई विश्वास छ, सर्वाेच्चले ठीक फैसला गर्छ: प्रचण्ड

ज्योतिन्यूज २०७७ फागुन ११ गते १३:५३

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ गतेदेखि नयाँ युद्धमा आफूहरु होमिएको भन्दै उक्त युद्ध जित्नुपर्ने बताउनुभएको छ ।

मंगलबार राजधानीमा जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको र उक्त युद्ध जसरीपनि जित्ने भन्दै संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, उहाँले भन्नुभयो, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

ओलीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लगेको भन्दै यसको विरुद्धमा शान्तिपूर्ण युद्ध गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया