शनिबार, फागुन २२, २०७७

महोत्तरीमा जग्गाको साक्षी बसेका दम्पतीको अपहरण, स्थानीयले गरे चक्काजाम

ज्योतिन्यूज २०७७ फागुन ११ गते १४:५२

जनकपुर – महोत्तरीमा जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको घरबाटै अपहरण गरिएको छ।

पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उहाँको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेकै ठाउँबाट अपहरण गरेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले झा दम्पती मंगलबार बिहान अबेरसम्म घरबाट बाहिर ननिस्केपछि गाउँलेहरूले बुझ्न दम्पतीको घरमा जाँदा उनीहरु सुत्ने कोठामा रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेको जानकारी दिनुभयो ।

झा दम्पति सुतेको कोठामा रगतको थोपाहरु समेत देखिएकोले घटना शंकास्पद बन्दै गइरहेको छ। अपहरित दम्पतिको खोजी कार्य अघि बढाएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

स्थानीयहरुका अनुसार मोसाफिर झा अदालतमा विचाराधिन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी हुनुहुन्थ्यो ।

विवादित जग्गाको विपक्षीसँग केही दिन अगाडि विवाद समेत भएको स्थानीयहरु बताउँछन्। झा दम्पतिको अपहरण भएको खबर पाएलगत्तै स्थानीयहरु जनकपुरधाम भिठामोड सडकखण्डमा चक्का जाम गरेका छन्।

दुवैको पत्तो नलागेसम्म चक्काजाम जारी राख्ने स्थानीयहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया