मंगलबार थपिए ११० संक्रमित, चारजनाको मृत्यु
ज्योतिन्यूज
२०७७ फागुन ११ गते १६:३७

काठमाडौँ । मंगलवार नेपालमा ११० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।
मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ।
हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया