शनिबार, फागुन २२, २०७७

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले विद्यालयलाई दिइन् ५ लाख

ज्योतिन्यूज २०७७ फागुन ११ गते १७:००

कास्की । बरिष्ठ समाजसेवी तथा संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयमा पाँच लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

आफ्ना हजुरवुवा लक्ष्मण गुरूङले बि.स. २००६ सालमा स्थापना गर्नुभएको कास्कीको घान्द्रुकमा रहेको मेश्रम बराह माबिलाई उक्त रकम प्रदान गर्नु भएको हो । विपन्न बिद्यार्थीहरूलाई छात्रबृति प्रदान गर्ने उदेश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष गुरूङले बताउनुभयो ।

त्यस्तै अक्षयकोषदाता गुरुङलाई विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरि भब्य सम्मान गरेको छ ।

विद्यालयद्वारा आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै गुरूङले आफ्नो पुर्खाको योगदानको संस्मरण गर्दै पुर्खाको राम्रो कामको अनुशरण गर्नु पर्छ भन्ने सन्देश दिन अक्षयकोष प्रदान गरेको बताउनु भयो । ‘आफ्नो जन्मथलोका कोही पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नरहुन भन्ने उदेश्यले अक्षयकोष स्थापना गरेकी हुँ ।’ अध्यक्ष गुरुङले भन्नुभयो ।

शिक्षा जीवनको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले आगामी दिनहरुमा पनि विद्यालयलाई यस्तै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा गुरुङको उदारताको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थितिका बीच अध्यक्ष गुरुङलाई पुष्पगुच्छाले भव्य स्वागत गरिएको थियो । हजुरबुवा लक्ष्मण गुरुङको स्मृतिमा स्थापना गरिएको ‘लक्ष्मण गुरुङ स्मृति कोष’ का एक दाता दुर्गाबहादुर गुरुङकी कान्छी सुपुत्री पशुपति गुरुङले विद्यालयलाई गर्नु भएको सहयोगले आफूहरुलाई उर्जा आएको बताउदै विद्यालयका प्रधानध्यापक यमप्रसाद भण्डारीले अक्षयकोषदाताप्रति आभार व्यक्त गर्नुभयो ।

आफ्नो समयमा खाली खुट्टा विद्यालय गएको स्मरण गर्दै गुरुङले आफ्नो पुर्खाहरुको योगदानबाट निर्माण भएको विद्यालयलाई देशको नमूना विद्यालय बनाउनका लागि शिक्षक तथा विद्यार्थीहरुलाई आग्रह गर्दै आगामि दिनहरुमा पनि सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागि शिक्षक शिक्षिकाहरुले गुरुङको योगदानलाई जति नै कदर गरे पनि नपुग्ने बताएका थिए । कार्यक्रमको अन्तमाः गुरुङले विद्यालयको प्रवेशद्धारसँगै राखिएको आफ्ना हजुरवुवाको मूर्तिमा माल्र्याणपण गर्नु भएको थियो । त्यस्तै संस्कार समाज नेपालका सचिव प्रकाश समीरले पनि शिक्षासेवी, समाजसेवी स्व। लक्ष्मण गुरुङको सालिकमा संस्थाका तर्फबाट खादा लगाउदै यस्तो व्यक्तित्वको सम्मान गर्न पाउँदा आफू गौरवान्वित महसुस गरेको बताउनु भयो ।

प्रतिक्रिया