आइतबार, चैत २९, २०७७

शासक मनोविज्ञान र नयाँघरेहरु

नरेन्द्रजंग पिटर २०७७ चैत ८ गते १७:५८

अलवर्ट आइन्सटाइनको भनाई छः ‘कमजोरले बदला लिन्छ, शक्तिशालीले माफी दिन्छ, बुद्दिमानले विर्सिदिन्छ’ तर सामन्ती संस्कृतिको मूल विशेषता भनेकै इष कोखमा छुपाईएको हुन्छ । उनका शब्दकोषमा आलोचक, विरोधी वा प्रतिस्पर्धीलाई माफी वा विर्सने कुनै संभावना नै हुँदैन । बदला लिनु वा ध्वस्त गर्नुमा नै आफ्नो विजय सोच्छ । सामन्ती चिन्तन बरु चकनाचुर भएर ध्वस्त हुन स्वीकार्छ तर अरुलाई सम्मान र सहकार्य गर्दैन् ।

शासकका डर

चुनाव लोकतान्त्रिक चरिकाले भलै होस् तर दुई चुनाव बीचको अवधी निर्वाचित नेता क्रमशः तानाशाहमा फेरिँदै जान्छन् । एउटा अवस्था पार गरिसकेपछि मात्रै नेतृत्वको वास्तविक चरित्र देखा पर्छ । लोकप्रीय मतबाट निर्वाचित जनप्रतिनिधी सत्ता गुम्ने वित्तिकै सवै गुम्छ, सत्ताकालका अपराधको दण्ड दिनुपर्छ भनेर सधै सत्तामा टासिने रोगले तानाशाह बनाउदै लग्छ ।

तव शासकहरु क्रमशः फासिवादी चरित्र अपनाउदै जान्छन् । भयको कारण शक्ति केन्द्रित हुन्छ । पहिलोको लोकप्रियता समयसंगै घर्किएको पत्तै हुँदैन् । सत्ता नसाले लोकप्रियता नाप्ने थर्मामिटरको ख्यालै गर्दैनन् । तव डर र प्रलोभनलाई सुरक्षा कवच बन्छ । कवि बासु शसीको भनाईमा जति धेरै मान्छे भय ग्रसित हुन्छ, त्यतिकै उसको महल वरीपरी अग्लो पर्खाल लगाईएको हुन्छ’ ।

अझ एडल्फहिटलर आफ्नो जीवनीमा लेख्छन्ः शक्ति र सत्तामा टिकिरहन काल्पनिक दुश्मन देखाउ र देश खतरामा छ भन्ने हल्ला फिँजाउ । त्यसले जनतामा डर पैदा हुन्छ । जवसम्म जनता डराँउछन् तव उनलाई वसमा पार्न सकिन्छ’ ।

तर डर, डरदेखि जव डराँउदै भाग्छ तव डर देखाउने शक्ति कर्कलोझै गलेर आफैँ डराउन थाल्छन् भन्ने कुरा शासक सोच्दैनन् । प्रतिरोध किन्ने शक्तिनै सत्ताको सवभन्दा ठूलो शक्ति हो । तर, सधै बजारले मानव चेत,  ज्ञान र प्रतिरोधीक्ष मतामाथी रजाई गर्न सकेको छैन् ।

सोचको व्यवस्थापन

केन्द्रिकृत सत्ता र फासीवादउन्मुख सत्तालाई सोचको व्यवस्थापन पहिलो काम हुन्छ । तर, समयका आफ्नै गति हुन्छन् । समय जति बलवान् हुन्छ भविष्य उतिनै निर्मम पनि हुन्छ । सरकारी मान्छे र दरवारी मान्छेहरु भने फासिवाद रक्षामा शासक लोकप्रिय छ भन्ने अनेकौँ तर्क कुथ्छन् । जनतालाई भिडमा फेर्न उसको दिमाग ब्यबस्थापन गरेर सोच नियन्त्रण गर्नु मुख्य विषय बन्छ ।

अहिले त विज्ञान र प्रविधीको पहुँचले झुट फैलाउन अति सरल भयो । साइवर सेनाको सोचको आधार भनेको अमेरिकी लेखक, दार्शनिक मार्क ट्वेनको भनाई मूल मन्त्र बनेको हुन्छ । उनी भन्छन्—जुनवेलासम्म सत्य जुत्ता लगाइरहेको हुन्छ त्यसवेलासम्म त झुट संसार घुमेर फर्किसकेको हुन्छ’ ।

खवरभीत्रको अधकल्चो सत्य नवीनतम् प्रविधिमा सामान्यजनको पहुँच ढिलो पुग्छ भने  उपभोक्तवादले ‘वौद्धिक’ र शिक्षित तर्कशील कारिन्दा व्यबस्थापनको कलामय सयोंजन गर्न  सत्ता र करपोरेटलाई कठिन हुँदैन् । प्रविधिक र स्वामित्वमा पहुँच पनि पुँजीपतिकै पहिला हुन्छ । 

अर्थ–राजनीतिको हाबीले सत्ताको लागि मिडिया अर्को बैशाखी बन्छ । सामाजिक द्धन्दको चरित्र अनुसार देखिने नदखिने मोर्चा र योद्धाहरु हुन्छन् । वर्गको शान्तिपूर्व टकराहटकालमा राजतर्कले  जनमत सिर्जना गर्ने र परंपरागत शक्तिको सत्ता निरन्तरता दिन आम जनताको सोच्ने तरिका नै फेर्नुपर्ने हुन्छ । हित अनुकुल बनाउनु पर्छ ।

यसकालागि प्रोपोगण्डा युद्धका जनक एर्डवर्ड वर्नियसको १९२८मा प्रकाशित प्रोपगण्डा अर्थात ‘इतिहास एउटा औजार हो’ भन्ने कृति नियाल्नु पर्ने हुन्छ । नयाँ शब्दको खोजी गरिन्छ । तर्क दोष्मा म मात्र कहाँ भ्रष्ट हुँ र तँपनि त होस् भनिन्छ । आलोचनात्मक चेतनाको अन्त र अन्धास्थाको फैलावट गरिन्छ ।

नयाँघरेमा नसिकता र अवस्था

नित्य नयाँ खोज्नु, पुरानासंग मोह भंग हुनु, नयाँ र नौलोमा सम्भावना देख्नु र खोज्नु मानव स्वभाव हो  बसाँइ सराई कामनोभाव पनि त्यही हो । हरेक वसाई सर्नेहरुका चुनौति भनेका विस्थापनका पीडा र स्थापित हुँदाका संर्घषका गाथा गजवका हुन्छन् । नजिकसंगको मोहभंग र पराईमा अत्यन्तै हुन नयाँघरे संस्कृति हो ।

राजनीतिक दल फुटनु /जुटनु, नेता र कार्यकर्ताले  पार्टी फेर्नु भनेको सामान्य कुरा हो । अझ सिद्दान्तको राजनीति अन्त र सुविधाको राजनीति, राजनीतिक—संस्कृतिको अभावसंगै त्यो प्रबृति झन देखापर्छ । जव आफन्तसंग सम्बन्धमा समस्या देखिन्छ, अशुरक्षित देखापर्र्छ । तव शासक शक्ति सुरक्षाकालागि प्रतिपक्षी शक्ति फोड्दै, त्यहाँ महत्वकांक्षा जागृत गराउँदै नवप्रवेशी भित्र्याँउछन् ।

समयगतिसंगै कुनैबेलाका मित्र र कमरेड दुश्मनमा फेरिन्छन् । सम्बन्धको व्यवस्थापकीय कलाकमीले फेरवदल हुने गर्छ । तर, मूलशक्तिले नवप्रवेशीलार्ई निश्चित समयको लागि हतियार मात्रै सोच्छ । हतियारको औचित्य सकिएपछि त्यस्ता शक्ति ट्रिगर भाँचिएको ए.के. ४७ राइफलजस्तै बन्छन् ।

हतियारको काम सकिने ३ अवस्थामा हुन्छ,

क) युद्द सकिँदा

ख) हतियारमा खिया लाग्दा

ग) रणमैदान छोडेर भाग्न थाल्दा ।

लडाँईबाट भाग्दा लोडेड हतियारले संकट निम्त्याउछ । कुनै दिन सुरक्षाकवच बनेको हतियार रणक्षेत्रवाट भाग्दा त्यसैले मुस्किल निम्त्याउँछ ।

नवप्रवेशीको मूलशक्तिलाई महत्व त्यसवेलासम्म मात्रै रहन्छः

क) मूलशक्ति दरविलो भएर आप्mनै बलबुतोमा नउभिन्जेलसम्म

ख) नयाँ थलोमा कार्यकारी अधिकार आगन्तुकले नखोज्दा वा मूल नेतृत्वसंग भिन्नमत नराख्दासम्म ।

ग) जव नवआगन्तुक कार्यकारी पद खोज्छन् वा विचार वहसमा सकृय भाग लिन्छन् तव उनलाई खेध्न, अपमान गर्न सुरु हुन्छ ।

घ) नयाँ थलोमा पद र प्रतिष्ठाका आश गरेका पहिल्यैदेखिका धेरै हुन्छन् । उनीहरु भाग खोस्न आएकालाई लर्घान थाल्छन् । त्यो अपमान बढदै गएर कालान्तरमा दुधमा परेको  झिँगाझै हुन्छन् ।

ङ) पुराना औकात, पृठभूमि, योगदानले नयाँ परिचयको हैसियत त दिन्छ तर पुराना आर्दशको नयाँ ठाँउमा कुनै महत्व र आवस्यकता हुँदैन । पृष्ठभूमि त्याजिएको हुँदा नयाँ थलोमा त्यो गहना नभै इतिहासको घाँडो बन्न पुग्छ ।

च) नयाँ थातथलोमा उनीहरुका पुरानो इतिहासको कुनै अर्थ रहँदैन् भने टुटेको आत्मावल र हराएको स्वभिमानले हकवाला दावी गर्ने हैसियत र औचित्य पनि रहँदैन ।

छ) नवआगुन्तुकको कार्यक्षेत्र भनेको पुरनो थातथलो र जोडिदारलाई सराप्ने मात्र हुन्छ ।

ज) नयाँ थलोका हजुरेहरुले आगुन्तुकप्रतिको सोचाईमाः जसले पचासौँ बर्षदेखिका जोडिदार त छोडेर हुर्मत काढ्न सक्छ भने निरन्तर आफूलाई साथ देला भनेर कसरी विश्वास गर्ने ? जति फुँइ हाँके पनि ति हुन चखुवाको भर कसैले गर्दैन । जुन मान्छे दशकौँको सम्वन्ध तोड्दै धोका दिएर स्वार्थ र शक्तिको लागी पहिलाको मित्र र थलोलाई जाई लाग्छ, नास्न तयार हुन्छ त्यसको नयाँ भूमिका, प्रतिवद्दता र सहकार्य निरन्तर दिन सक्ला ! भन्ने नयाँ पार्टी र नेतृत्व विश्वस्त हुँदैन् ।

अन्तमा,

१) सवै विषयको केन्द्र राजनीति नै हो । राजनीति नियम वेगरको खेल हो भने त्यसको केन्द्रमा सत्ता हुन्छ । सत्ताको केन्द्रमा पुगेपछि भयग्रस्त मनोभावले निर्वाचित नेतृत्व पनि समाजमा भय र प्रलोभन छरेर तानाशाही बाटो पक्रिदै फासिवादमा फेरिन सक्छ । त्यसलाई औचित्य दिन राष्ट्रवाद र धर्मको साहारा लिन्छन् । फासिवादको विरुद्द मानव केन्द्रित राजनीतिले मात्रै र्गन सक्छ । राजनीतिलाई त्यसले मात्रै घृणा गर्छ या त उ मुर्ख अज्ञानी हो या त भ्रष्ट राजनीतिज्ञ जन्माइरहन्छ ।

२) चुप लागेर बस्छौ भने अझ संकट ग्रस्त दिन आँउनेछन् ।

३) भय र प्रलोभनले नायक खलनायकमा फेरिन्छ । नायक र खलनायक, बहादुर र कायरको बीचको दुरी एउटा रौँ बराबर हुन्छ ।

४) हतियारको काम उपयोगितासम्म मात्रै हो ।

५) पचासौ वर्षदेखीको मेरो मित तिम्रो आफन्त कति दिन बन्न सक्छ ?

नरेन्द्रजंग पिटरका थप लेखहरु पढ्न यहाँ क्लिक गर्नुहोस् ।

नरेन्द्रजंग पिटर

ज्योतिन्यूजका नियमित स्तम्भकार पिटर बरिष्ठ वामपन्थी लेखक तथा पत्रकार हुन् ।

प्रतिक्रिया