आइतबार, चैत २९, २०७७

नजिकका नेताले नै मागे ओलीको स्पष्टिकरण, तीन दिने अल्टिमेटम

ज्योतिन्यूज २०७७ चैत १० गते १४:३६

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेताले नै ओलीको स्पष्टिकरण माग गर्नुभएको छ ।

नेकपा एमालेका युवा नेता दामोदर अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीलाई १२ मुख्य प्रश्नहरुको जवाफ तीन दिन भित्र दिन माग गर्नुभएको हो ।

‘माओवादी केन्द्र सङ्ग पार्टी एकता किन गर्नुभयो ? एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गर्नुभयो ? प्रचण्डसङ्ग आधा आधा सरकारको नेतृत्व गर्ने भनेर किन सहि गर्नुभयो ?’ उहाँले लेख्नुभएको छ, ‘सहि गरिसके पछि त्यसको पालना किन गर्नुभएन ? एकीकृत पार्टीको बैठकबाट किन भाग्नुभयो ? संसद किन विघटन गर्नुभयो ? विघटन असम्बैधानिक भनेर अदालतले फैसला गरिसके पछी सार्वजनिकरुपले किन आत्मआलोचना गर्नुभएन ?’

नेता अर्यालले अदालतले एमाले ब्युताएपछी पार्टीका सम्पूर्ण साङ्ठनिक संरचनाहरुलाई पुनःस्थापना नगरेको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘नवौ महाधिवेशनले निर्माण गरेको विधान मान्न किन तयार नहुनु भएको हो ?

नेता अर्यालले केहि दिनअघि सामाजिक सञ्जालबाटै नेता नेपाल पक्षका नेतालाई स्पष्टिकरण सोधेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्नुभएको थियो । ‘संसद सिध्याउन खोज्यौ,सकेनौ ! अदालतले पुनर्स्थापना गरिदियो । माओवादीसङ्ग एकता गरेर एमाले र जबज सिध्याउन खोज्यौ, सकेनौ ! एमाले पुनर्स्थापना फेरि त्यही अदालतले गरिदियो । अब इमान्दार नेताहरुलाई प्रष्टिकरणका नाममा सिध्याउन खोज्दैछौ, हेरु ! सक्छौ कि सक्दैनौ !’- उहाँको भनाई थियो ।

यस्ता छन् नेता अर्यालले ओलीलाई सोधका १२ प्रश्नहरू,

माओवादी केन्द्र सङ्ग पार्टी एकता किन गर्नुभयो ?

एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गर्नुभयो ?

प्रचण्डसङ्ग आधा आधा सरकारको नेतृत्व गर्ने भनेर किन सहि गर्नुभयो ?

सहि गरिसके पछि त्यसको पालना किन गर्नुभएन ?

एकीकृत पार्टीको बैठकबाट किन भाग्नुभयो ?

संसद किन विघटन गर्नुभयो ?

विघटन असम्बैधानिक भनेर अदालतले फैसला गरिसके पछी सार्वजनिकरुपले किन आत्मआलोचना गर्नुभएन ?

अदालतले एमाले ब्युताएपछी पार्टीका सम्पुर्ण साङ्ठनिक संरचनाहरुलाई पुनर्स्थापना गर्न किन मान्नुभएन ?

नवौ महाधिवेशनले निर्माण गरेको बिधान मान्न किन तयार नहुनु भएको हो ?

आफ्नो नामको जयजयकार गर्न किन लगाउनु भएको हो ? जयजयकार नै गर्नुपर्ने त्यस्तो काम के गर्नुभएको छ ?

पार्टी प्रवेश नगरी,सदस्यता पनि प्राप्त नगरेका मान्छेहरु लाई कसरी केन्द्रिय सदस्य नियुक्त गर्नुभयो ?

पार्टी फुटाएर चुनावमा जाने तपाईंको दुस्साहस प्रतिक्रियावादीहरुलाई चुनाव जिताउने षड्यन्त्र त हाेइन ? पार्टीका आदरणीय नेताहरुको तेजोबध गर्नुको कारण के हो ?

माओवादी केन्द्र सङ्ग पार्टी एकता किन गर्नुभयो ? एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गर्नुभयो ? प्रचण्डसङ्ग…

Posted by Damodar Aryal on Monday, March 22, 2021

प्रतिक्रिया