बिहीबार, वैशाख ३०, २०७८

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ज्योतिन्यूज २०७७ चैत १६ गते १५:३७
File Photo

धनुषा – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा बस्ने ४२ वर्षीय सत्यनारायण यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सत्यनारायणले ती बालिकालाई शनिबार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया