आइतबार, जेठ २, २०७८

बडिगाडमा बम विष्फोटः १ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ चैत २० गते १३:५३

बागलुङ । माछा मार्ने बम बनाउने क्रममा अचानक विष्फोट हुँदा बडिगाड गाउँपालिका २ बस्ने ३१ वर्षीय मित्र रानाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको पाल्पा प्रभास अस्पताल हुँदै थप उपचारका लागि मिशन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै विष्फोटमा घाइते भएका सोही गाउँपालिका २ मा डेरा गरी बस्ने गुल्मी मुसिकोट नगरपालिका १ घर भएका २८ वर्षीय अरुण कुमार पुनको पाल्पा प्रभास अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तस्वीर स्रोतः इबाग्लुङ

प्रतिक्रिया