आइतबार, चैत २९, २०७७

विद्या तिवारी र समीर आचार्यको ‘भात खाएर हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका विद्या तिवारी र समीर आचार्यको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ ।

‘पिच रोड’ र ‘घाममा सुकाइदेऊ’ गीतको युगल गायनमा सफल मानिएको जोडी समीर र विद्याको ‘भात खाएर हो’ भिडियोसहित सार्वजनिक भएको हो ।

समीर कै शब्द सङ्गीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अस्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”को नृत्य रहेको छ ।

भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो । भिडियो निर्देशन अभियान थापाले गरेका हुन् ।

प्रतिक्रिया