शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समूहले बनायो काठमाडौँमा समानान्तर कमिटि, अध्यक्षमा बसन्त मानन्धर

ज्योतिन्यूज २०७७ चैत २२ गते १७:२५

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ।

बागमती प्रदेश सभाका सांसद समेत रहनुभएका बसन्त मानन्धरको नेतृत्व काठमाडौँ जिल्ला कार्यसमिति घोषणा गरेको हो ।

आजको कार्यक्रममा नेताद्वय खनाल र नेपाल पनि उपस्थित हुनुहुन्थ्यो ।

समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताउनुभयो । उहाँले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दावी गर्नुभयो ।

‘कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला,’ उहाँले भन्नुभयो ।

२३ फागुनमा सर्वाेच्चले एमाले र माओवादी ब्यूँतनेगरी फैसला दिएसँगै प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णयहरु गरेको भन्दै नेपाल पक्ष असन्तुष्ट छ ।

त्यस्तैगरी ओलीले नेपालसहितका ४ नेताहरुलाई पार्टीबट ६ महिनाको लागि निलम्बन गरेपछि उक्त समूह देशव्यापी रुपमा समानान्तर कमिटि गठन अभियान चलाइरहेको छ ।

प्रतिक्रिया