आइतबार, चैत २९, २०७७

बढ्यो सुनचाँदी भाउ , कतिमा हुँदैछ कारोबार ?

ज्योतिन्यूज २०७७ चैत २५ गते १४:५६

काठमाडौँ । बुधबार सुन र चाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

यस दिन छापावाला सुन प्रतितोला ८८ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

यस दिन चाँदी भने प्रतिताेला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया