आइतबार, चैत २९, २०७७

ज्योतिलाइफका लगानीकर्ताले पहिलो दिनमै कमाए २८ सय भन्दा धेरै

ज्योतिन्यूज २०७७ चैत २५ गते १५:०१

काठमाडौँ । ज्योतिलाइफ इन्सुरेन्सको शेयर बुधबारदेखि कारोबारमा आएको छ । गत फागुन २१ गतेबाट आईपीओ बिक्री गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मंगलवार नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर कारोबारमा आएको हो ।

कारोबारको पहिलो दिननै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३८८ रुपैया पुगेको छ । बुधबार कम्पनीको पहिलो कारोबार प्रतिकत्ता ३६० रूपैयाँमा किनबेच भएको थियो ।

एक हजार रुपैया लगानी गरेका लगानीकर्ताले कारोबारको शुरू भएकै दिन २८ सय भन्दा धेरै कमाएका छन् । शेयरको भाउ बढ्ने क्रम भने केही समय दैनिक रुपमा नै बढ्ने लगानीकर्ताको अनुमान छ ।

नेप्से कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपिनिङ्ग रेन्ज तोकिएको थियो ।

सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएअनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आएको थियो । कम्पनीको शेयरलाई नेप्सेले ‘जेएलआई’ कारोबार संकेत दिएको छ ।

यस कम्पनीको आईपीओमा हालसम्मकै धेरै मानिसहरुले आवेदन दिएका थिए । १८ लाख चार हजार ६४८ जनाको आवेदन मध्ये जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जनाको मात्र आवेदन स्वीकृत भएको थियो । जसमा ५ लाख ९४ हजार जनाले शेयर पाएका थिए ।

कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरीएको थियो ।

यस कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड थियो । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुगेको छ ।

प्रतिक्रिया