आइतबार, चैत २९, २०७७

६ दिनपछि सुस्तायो नेप्से, ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

ज्योतिन्यूज २०७७ चैत २५ गते १५:५२

काठमाडौँ । लगातार ६ दिनसम्म बढेको नेपाली शेयर बजार बुधबार भने सामान्य सुस्ताएको छ ।

बुधबार नेप्से परिसूचक २.८५ अंक घटेर २६७१.६२ विन्दुमा झरेको छ। तर, यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक बढेर ४७६.८० विन्दुमा पुगेको छ।

यस दिन २१५ कम्पनीको ७६ हजार ५९१ पटकको कारोबारमा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन भएपनि ५ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआईसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। खानीखोला हाइड्रोपावर र आजैदेखि कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया