आइतबार, चैत २९, २०७७

बाग्लुङको ढोरपाटनमा अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ

ज्योतिन्यूज २०७७ चैत २५ गते १६:४५

बागलुङ । बागलुङमा अवैध लागूऔषध चरेश र गाँजा सहित एक महिलालाई प्रहरीले पक्रेको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको हो ।

थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया