आइतबार, चैत २९, २०७७

रुपन्देहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

ज्योतिन्यूज २०७७ चैत २५ गते १७:२६

रुपन्देही – सुद्धोधन गाउँपालिका-५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको सोही गाउँपालिका-२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।

माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया