आइतबार, चैत २९, २०७७

न्यू डायमण्ड र नेपाल पुलिस लिग भलिबलको फाइनलमा

ज्योतिन्यूज २०७७ चैत २६ गते ७:२२

काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला लिग भलिबलको फाइनलमा पुगेका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा विजयी भएपछि पुलिस र डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन् ।

न्यू डायमण्डस्पोर्टस् क्लबले विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । आजै भएको पहिलो खेलमा पुलिस क्लवले विभागीय प्रतिस्पर्धी नेपाल आर्मीलाई पनि ३–१ कोसोझो सेटमा पराजित गरेको थियो ।

न्यू डायमण्ड १३ अङ्क जोड्दै शीर्ष स्थानमा रहँदा पुलिस ११ अङ्क जोड्दै लिगमा दोस्रो भएको हो ।६ टोली सहभागी रहेको लिगमा फाइनल खेल पर्सि हुनेछ ।

प्रतिक्रिया