आइतबार, चैत २९, २०७७

ललितपुर मेयर कप: सुदूरपश्चिम फाइनलमा प्रवेश

ज्योतिन्यूज २०७७ चैत २६ गते ७:२८

काठमाडौं । सुदूरपश्चिम प्रदेश पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो ।

टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा मन्जु बोकटीले सर्वाधिक २६ रन जोडिन । बिन्दु रावल १७ रनमा अविजित रहिन् ।

रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाईन ।

लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिईन् ।

प्रतिक्रिया