आइतबार, चैत २९, २०७७

एशोसियट केन्द्रीय सदस्यमा विकाश र कृति, प्रदेश अध्यक्षमा बैकुण्ठ निर्वाचित

ज्योतिन्यूज २०७७ चैत २६ गते ९:३२

काठमाडौं । नेपाल पत्रकार महासंघको एशोसियट केन्द्रीय सदस्यमा विकास कार्की र कृति भट्टराई निर्वाचित हुनुभएको छ ।

कार्की पीजे क्लबको तर्फबाट निर्वाचित हुनुभएको होे भने कृति एभरेष्ट प्रेस क्लबकीको तर्फबाट निर्वाचित हुनुभएको हो ।

५ जना चुनावी प्रतिस्पर्धामा रहेकोमा कार्कीले सर्वाधिक ३ सय १ मत पाउनुभएको छ भने कृतिले २ सय ७४ मत पाउनुभयो ।

बुधबार हिजो राती अवेर सम्पन्न मतगणनाअनुसार उहाँहरुका प्रतिस्पर्धी नेपाल पत्रकार मञ्चका ओमबन्धु कार्कीले २ सय ५७, चलचित्र पत्रकार संघका विष्णु सुवेदीले १ सय ६१ र समीक्षक समाजकी स्मृति ढुंगानाले १ सय ३३ मत पाउनुभयो ।

एशोसियटतर्फ ८ सय ८२ मतदाता रहेकोमा बुधबारको निर्वाचनमा ६ सय ९५ मत खसेको थियो । खसेको मतमध्ये ११ मत बदर भयो ।

यसैबीच एशोसियट प्रदेशको अध्यक्षमा डीबी खड्कालाई भारी मतान्तरले पराजित गर्दै प्रेस युनियनका बैकुण्ठ पराजुली विजयी हुनुभएको छ ।

बैकुण्ठले ३ सय ९९ मत ल्याउँदा डीबीले २ सय ७५ मत पाउनुभयो ।

प्रतिक्रिया