आइतबार, चैत २९, २०७७

पत्रकार महासंघ मकवानपुरमा गठबन्धनका गौतम विजयी

ज्योतिन्यूज २०७७ चैत २६ गते ९:४६

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट उम्मेदवार बनेका मणिराज गौतम विजयी हुनुभएको छ ।

गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारीलाई ४४ मतान्तरले पराजित गर्नुभएको हो । विजयी भएका गौतमले १०० मत, चौतारीका अधिकारीले ५६ मत पाउनुभयो ।

यस्तै, चौतारीका राजन दाहाललाई २८ मतान्तरले पराजित गर्दै गठबन्धनका ध्रुव अधिकारी उपाध्यक्षमा विजयी हुनुभएको छ । अधिकारीले ९३ र दाहालले ६५ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा गठबन्धनकै सरला अधिकारीले चौतारीकी सम्झना रिजाललाई १२ मत अन्तरले अन्तरले हराउनुभयो । अधिकारीले ८५ मत प्राप्त गरिन् भने रिजालले ७३ मत प्राप्त पाउनुभयो ।

सचिवमा गठबन्धनकी शुभलक्ष्मी विश्वकर्माले जित हासिल गर्नुभएको छ ।
विश्वकर्माले ७८ मत र चौतारीका रामशरण दुलालले ७५ मत प्राप्त गर्नुभयो ।

सहसचिव समावेशीमा गठबन्धनकी मानवी बानियाँ, सहसचिवमा गठबन्धनका एमपी शर्मा, सदस्यहरूमा सृजना नेपाल, बलराम पुडासैनी, प्रदिप अधिकारी, विजय पौडेल, अर्जुन सञ्‍जेल, उज्ज्वल अधिकारी र नवीन तिमल्सिना विजयी हुनुभएको छ ।

यस्तै, सदस्य महिलामा रूपा गुरुङ, सदस्य आदिवासी जनजातिमा नवराज वाइवा, सदस्य मधेशीमा आदित्य कर्ण, दलित सदस्यमा शान्ति सुनार निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया