आइतबार, जेठ २, २०७८

ओली समूह ‘पदलोलुप’को झुण्ड हो: भीम रावल

ज्योतिन्यूज २०७७ चैत २८ गते ११:३२

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सांसद नभएर पनि मन्त्री बन्नेहरू ‘पदलोलुप’ भएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि मन्त्रीमा पुनर्नियुक्ति गरेपछि नेता रावलले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत ‘पदलोलुप’ प्रवृतिले देशको मर्यादामा आघात पुर्याउने काम भइरहेको आरोप लगाउनुभएको छ ।

‘प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो,’ नेता रावलले भन्नुभएको छ ।

प्रतिक्रिया