बिहीबार, वैशाख ३०, २०७८

पार्टीबाटै हटाइएको मान्छेलाई ‘बिचित्रको फैसला’ले प्रधानमन्त्री बनाइदियोः प्रचण्ड

ज्योतिन्यूज २०७७ चैत २८ गते १३:०३

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई प्रधानमन्त्री नै बन्न पाउनेगरी सर्वाेच्च अदालतले विचित्रको फैसला गरेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको दावी समेत गर्नुभयो ।

प्रचण्डले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको भन्दै दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना भएको बताउनुभयो ।

संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताउनुभयो । वैधानिक रुपमा अघि बढेको पार्टीविरुद्ध माग्दै नमागेको विषयमा फैसला गरेर मिलेका शक्तिलाई जबरजस्ती डिभोर्स गराइएको भन्दै परिस्थिति असहज अवस्थामा पु¥याइएको उहाँकोे भनाई छ ।

प्रतिक्रिया