आइतबार, जेठ २, २०७८

काठेखोलामा ४ दिने उद्घोषण तालीम सम्पन्न

ज्योतिन्यूज २०७७ चैत २९ गते २०:१३

बागलुङ । ४ दिने उद्घोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनसेवा सामुदायिक सिकाई केन्द्र बागलुङ काठेखोला गाउँपालिको १ पालाको आयोजनामा संचालित उद्घोषण तालीम ग्रामिण भेगमा रहेका व्यक्तिहरूको बोल्न सक्ने क्षमताको विकास गर्ने मुख्य उद्देश्यले तालिीमको योजना गरिएको सिकाई केन्द्रका अध्यक्ष खड्क थापाले जानकारी दिनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो– ‘गाउँघरमा हुने स्थानीय कार्यक्रम सञ्चालन तथा भाषण गर्न र कुनै पनि कार्यक्रममा निर्धक्कका साथ बोल्न सक्ने बनाउनुनै तालीमको मुख्य उद्देश्य हो । ’

कार्यक्रममा काठेखोला गाउँपालिकाका स्रोत व्यक्ति रामानन्द कडेँलले तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न स्वयम् प्रशिक्षार्थीहरु क्रियाशिल हुनु पर्नेमा जोड दिनुभयो ।

४ दिनको तालीम अवधि छोटो भएपनी मेहेनत र बिश्वासका साथ प्रशिक्षार्थीलाई सिकाएको प्रशिक्षक गणेश नेपालीले बताउनुभयो । समापन कार्यक्रममा वडा सदस्य गमविरा थापा, प्रशिक्षार्थी कुमारी थापा र सरीता शर्माले बोल्नुभएको थियो ।

कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष थापाको अध्यक्षता तथा परिचालिका प्रभा थापाको संचालन मा सम्पन्न भएको थियो। तालिममा २० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया