शुक्रबार, वैशाख ३१, २०७८

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको गाडी प्यूठानमा दुर्घटना

ज्योतिन्यूज २०७८ वैशाख १ गते १२:०८

जिप दुर्घटना: मृत्‍यु हुनेको संख्या पाँच पुग्यो, १० घाइते (अपडेट)

नयाँ बर्षको दिन शोकमा डुब्यो गुल्मी- एकैदिन दुई दुर्घटना, ६ जनाको निधन

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार गाडी प्यूठानको स्वर्गद्वारी नजिकै दुर्घटना भएको छ ।

नयाँ बर्षको दिन पारेर धार्मिक तिर्थस्थल स्वर्गद्वारी घुम्न निस्किएका कर्मचारी सवार लु १ च १६५५ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।

स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्रीकोट देखि माथी पानीमाथी भन्ने ठाउँमा सो दुर्घटना भएको जनाइएको छ ।

हालसम्म दुईजनाको शव फेला परेको छ भने १२ जनालाई उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको छ । त्यस्तै घाइतेहरुको उद्धार कार्य चलिरहेको छ । मृत्यु भएका व्यक्तिको सनाखत भएको छैन।

उक्त गाडीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिल बहादुर थापा, सन्दिप परियार लगायत सवार रहेको बताइएको छ ।

घटनास्थलमा उद्धारको निम्ती स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना परिचालन गरिएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

तस्वीर: सिटी पोखरेल

प्रतिक्रिया