आइतबार, जेठ २, २०७८

सुवेदी र चुँडाल सर्वोच्चको न्यायाधीशका लागि संसदीय सुनुवाइबाट अनुमोदन

ज्योतिन्यूज २०७८ वैशाख ३ गते १६:५५

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

उनीहरुसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको छ ।

शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो । ३ चैतमा बसेको न्याय परिषद् बैठकले चुडाल र सुवेदीलाई सर्वोच्चका न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया