आइतबार, जेठ २, २०७८

कोरोना संक्रमणबाट बाँकेमा ३ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ वैशाख १० गते १०:१४

काठमाडौं । कोरोना संक्रमणबाट बाँकेमा आज (शुक्रबार) पनि ३ जनाको मृत्यु भएको छ ।

बाँकेमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्लाभित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको विहीबार राती र १ जनाको आज विहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज वलीले बताउनुभयो ।

वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड३ सल्ल्यानका ५६ वर्षीय वीरवहादुर नेपाली, जानकी-१ की ७१ वर्षीया महिला सुमन पाठक र बैजनाथ-६ का २८ वर्षीय मानबहादुर पुनको निधन भएको हो ।

प्रतिक्रिया