आइतबार, जेठ २, २०७८

ज्योति विकास बैंकको नाफा ३८.१९ प्रतिशतले बढ्यो

ज्योतिन्यूज २०७८ वैशाख १० गते ११:२९

काठमाडौं । ज्योति विकास बैंकको नाफा चालू आर्थिक वर्षको ९ महिनामा ३८.१९ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरणले यस्तो देखाएको हो । विवरण अनुसार यस अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा बैंकको निक्षेप संकलन २४.८ प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ संकलन गरेको थियो ।

यस अवधिमा बैंकको कर्जा लागनी ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ भने बैंकको रिजर्भमा ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ छ ।

प्रतिक्रिया